बैतडी–बैतडीको सुर्नया गाउँपालिका –५ स्थित रौलेश्वर मावि रामकीबरायलले शैक्षिक गुणस्तर सुधारका लागि अभिभावकहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
मंगलबार विद्यालयमा अभिभावकहरुको भेला बोलाएर दशैं–तिहारको शुभकामना आदान–प्रदानसँगै शैक्षिक गुणस्तर सुधारका बिषयमा छलफल भएको विद्यालयका प्रधानाध्यापक हिरासिंह कुँवरले बताए ।
विद्यालयमा प्रधानाध्यापकको नेतृत्व सम्हालेपछि आफूले अभिभावकहरुसँग शैक्षिक गुणस्तर सुधारका बिषयमा छलफल गरेको कुँवरले बताए । शिक्षक, विद्यार्थी र अभिभावकहरुको सक्रियतामात्रै शैक्षिक गुणस्तर सुधार गर्न सकिने भएकाले अन्तरक्रियात्मक छलफल गरिएको उनले बताए ।
अभिभावकहरुबाट धेरै सुझाव आएकाले सोही अनुसार विद्यालय सुधारमा आफू केन्द्रित हुने प्रधानाध्यापक कुँवरले बताए । अभिभावकहरुसँगको अन्तरक्रियात्मक कार्यक्रमलाई निरन्तरता दिने आफ्नो योजना रहेको उनको भनाइ छ ।




