Sagun Khabar
सुर्नया गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत आचार्य हाजिर 

बैतडी–बैतडीको सुर्नया गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद आचार्य हाजिर भएका छन् । 

आचार्यलाई भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गएको भदौमै सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको थियो । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएका आचार्य आज हाजिर भएका सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । 

गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हाजिर भएसँगै आर्थिक तथा प्रशासनिक कामहरु अगाडि बढ्ने बताइएको छ । यसअघि गाउँपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक तथा प्रशासनिक कामहरु रोकिएका थिए । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हाजिर भएसँगै गाउँपालिकाका कामहरु अगाडि बढ्ने अध्यक्ष कुँवरले बताए । 
 

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  १५:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update