Sagun Khabar
डोटीमा ट्याक्टर दुर्घटना हुँदा ९ जना घाइते 

डोटी –डोटीको जोरायल गाउँपालिका–१ गैरा बजारस्थित भीमदत्त राजमार्गमा कामदार बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

मंगलबार बिहान पौने ९ बजे गैरा बजारबाट मेलखर्कतर्फ जाँदै गरेको सु.प.प्र.०१००२ त ४९१० नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट करिब १२० मिटर तल खसेर दुर्घटना भएको हो ।

उक्त ट्र्याक्टर डडेल्धुराको भागेश्वर गाउँपालिका–५ बस्ने २३ वर्षीय प्रकाशबहादुर थापा मगरले चलाएका थिए ।

प्रहरीका अनुसार घाइतेहरूको उद्धार गरी उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी, कैलाली पठाइएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  १२:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update