Sagun Khabar
बैतडीमा पेन्सन बुझ्न जाँदै गरेका वृद्धको जीपमै बेहोस भएपछि मृत्यु

बैतडी – बैतडीमा पेन्सन बुझ्न जाँदै गरेका बैतडीका एक वृद्धको बाटोमै बेहोस भएपछि उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुर्नया गाउँपालिका–२ का ६० वर्षीय डम्बरबहादुर चन्द रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सोमबार बिहान सवारी साधन (जीप) मा सवार भई बैतडी सदरमुकाम गोठलापानी जाने क्रममा दशरथचन्द नगरपालिका–१, गुरुखोला आइपुग्दा चन्द अचानक बेहोस भएका थिए ।

जीपमै अचेत भएका चन्दलाई  तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बैतडी पु¥याइएको थियो । तर, अस्पतालमा उपचारकै क्रममा   निधन भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

यसैबिच मृतक चन्दको शव  पोस्टमार्टम पश्चात् आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, असोज १९, २०८३  १९:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update