बैतडी–बैतडीको सुर्नया गाउँपालिका–४ स्थित उदयदेव मावि पालिगडाको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा राजेश साउद चयन भएका छन् ।
सोमबार विद्यालयमा भएको अभिभावकहरुको भेलाले साउदलाई सर्वसम्मत रुपमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेको विद्यालयका प्रधानाध्यापक बिरसिंह साउदले बताए ।
उक्त समितिको सदस्यमा विरेन्द्रबहादुर चन्द, राजमति महरा साउद, चन्नरा दमाइ चयन भएका छन् । यस्तै वडा नं ४ का वडा अध्यक्ष प्रताप महरा समितिमा पदेन सदस्य रहेका छन् भने शिक्षक प्रतिनिधि सदस्यमा रामबहादुर महरा रहेका छन् ।
शिक्षा नियमावलीको दशौं संशोधन र गाउँपालिकाको शिक्षा शाखाको पत्र अनुसार विद्यालयमा विद्यालय व्यवस्थापन समिति पुनगर्ठन गरिएको समिति सदस्य सचिव एवं विद्यालयका प्रधानाध्यापक साउदले बताए ।
कक्षा १० सम्मको पढाइ भइरहेको उक्त विद्यालयमा डेढसय बढी विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आफूले केही पहल शुरु गरेको र नयाँ समितिले यसमा सहयोग पुर्याउने विश्वास गरिएको प्रधानाध्यापक साउदले बताए ।




