Sagun Khabar
भुवनेश्वर मावि चौथालीका विद्यार्थीले गरे बाढी पीडितलाई सहयोग 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका–७ स्थित भुवनेश्वर मावि चौथालीका विद्यार्थीहरुले बाढी पीडितलाई सहयोग गरेका छन् । 

विद्यालयमा गठन भएको जुनियर रेडक्रस सर्कलका सभापति पारस कुँवर र विद्यालयका क्याप्टेन राजेश चुनाराको पहलमा विद्यार्थीहरुले बाढी प्रभावित नागरिकका लागि सहयोग रकम संकलन गरेका हुन् । 

विद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर स्वतस्र्फूत रुपमा बाढी प्रभावित नागरिकको लागि संकलन गरेको ३ हजार २ सय ४ रुपैयाँ सुर्नया गाउँपालिकाको रेडक्रसको तदर्थ समितिका सभापति गणेशदत्त अवस्थीलाई हस्तान्तरण गरेको विद्यालयका सहायक प्रधानाध्यापक उत्तरबहादुर कुँवरले बताए । 

‘म सेवा गर्छु’ भन्ने रेडक्रसको सिद्धान्तलाई आत्मसात विद्यार्थीहरुले सहयोग रकम संकलन गरेका हुन् । विद्यार्थीहरुले पीडामा रहेका नागरिकहरुका लागि सहयोग रकम संकलन गर्नु समाजका लागि सकारात्मक कदम भएको सहायक प्रधानाध्यापक कुँवरले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३  १३:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update