बैतडी –बैतडीको शिवनाथ गाउँपालिका सामाजिक सुरक्षा कोषमा आवद्ध भएको छ । गाउँ सभाले गरेको निर्णय अनुसार गाउँपालिका सामाजिक सुरक्षा कोषमा आवद्ध भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए ।
गाउँपालिकाका स्वास्थ्य क्षेत्र र पालिकामा कार्यरत अस्थायी र करार कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने निर्णय अनुसार पालिका सामाजिक सुरक्षा कोषमा आवद्ध भएको अध्यक्ष साउँदले बताए ।
गाउँपालिकामा सामाजिक सुरक्षा कोषमा आवद्ध भएसँगै पालिकाभित्रका स्वास्थ्य संस्था र पालिकाका अस्थायी र करार कर्मचारीलाई कोषमा आवद्ध गरिएको गाउँपालिकाका सूचना अधिकारी महेश महताले बताए ।
पालिका सामाजिक सुरक्षा कोषमा आवद्ध भएसँगै अस्थायी र करार कर्मचारीहरुले पाउने आधारभूत तलबको ६० प्रतिशत तलबलाई आधार मानेर त्यसको २० प्रतिशत गाउँपालिका र ११ प्रतिशत स्वयं कर्मचारीले कोषमा जमा गर्नुपर्ने प्रावधान रहेको सूचना अधिकारी महताले बताए ।
गाउँपालिकामा स्वास्थ्य र पालिकाका गरेर ७५ जना अस्थायी र करार कर्मचारी रहेका छन् ।




