Sagun Khabar
समाजसेवी साउदद्वारा  राहत विरण

कञ्चनपुर- समाजसेवी ज्योत्सना साउदले कञ्चनपुरको कृष्णपुरस्थित शिविरमा बस्दै आएका ब्यक्तिहरुलाई राहत वितरण गरेकी छन् । समाजसेवालाई नै धर्म मान्ने गैरसरकारी संस्था रुडुकका महासचिव तथा विश्व हिन्दु महासंघकी वरिष्ठ उपाध्यक्ष ज्योत्सना साउदले शिविरमा बसिरहेका २५० घरपरिवारलाई राहत उपलब्ध गराएकी हुन् ।

कोरोना महामारीमा नागरिकको जीवन जोगाउन अत्यावश्यक स्वास्थ्य सामग्री र अक्सिजन कन्सन्ट्रेटरहरु उपलब्ध गराउँदै आएकी साउले मंगलबार कञ्चनपुरको कृष्णपुरस्थित भेटघाट शिविरमा बस्दै आएका २५० घरपरिवारलाई राहत उपलब्ध गराएकी हुन्।

Atrya hospital

विगतदेखि नै महिला, अपांग तथा बालबालिकाहरुलाई खाद्यान्न, पोषणयुक्त खानेकुराहरु, व्हिल चेयर, जाडोका लुगाहरुलगायतका कुराहरु उपलब्ध गराइरहेकी साउद कञ्चनपुर र कैलालीका असहायको सारथी बन्ने गरेकी छन्।

विशेषगरी सुदूरपश्चिम र देशभरका विभिन्न जिल्लाहरुबाट काठमाडौंलगायतका विभिन्न क्षेत्रमा उपचारका लागि आउनेहरुलाई उनले आर्थिक तथा भौतिक सहयोग गरिरहेकी छन्।

पछिल्लो पटक गृहजिल्ला कञ्चनपुर पुगेकी साउदले आरक्षपीडितहरु बसिरहेको शिविरमा पुगेर उनले राहत उपलब्ध गराएकी हुन्। कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ मा पुगेर उनले पौष्टिक आहार, खाद्यान्न, झुल, मास्क, स्यानिटरी प्याडलगायतका सामग्रीहरु उपलब्ध गराएकी हुन्।

यसअघि गर्मी मौसममा साउदले कञ्चनपुर र कैलालीका विभिन्न ठाउँमा रहेका विपन्न तथा असहया स्थानीहरुलाई पंखा उपलब्ध गराएकी थिइन्।

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १३:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update