दार्चुलामा भीरबाट लडेर एक युवककाे मृत्यु
दार्चुला: दार्चुलाको लेकम गाउँपालिका–६ गणेतका २४ वर्षीय शंकर सार्की (खनाल) को भिरबाट लडेर मृत्यु भएको छ।
दार्चुला प्रहरीका अनुसार शनिबार बिहान स्थानीयवासीले रिठेगाढ खोलामा घाइते अवस्थामा फेला पारेपछि तत्काल उद्धार गरी गोकुलेश्वर अस्पताल पुर्याएका थिए।
अस्पतालमा प्रारम्भिक उपचारका क्रममा उनको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले बताएका थिए।
घटनापछि गाउँमा शोक छाएको छ। घटनाबारे सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ।
प्रकाशित मिति: आइतबार, साउन ३, २०८३ १५:३६
प्रतिक्रिया दिनुहोस्





