राहदानी सेवा पाँच दिन बन्द हुने
बैतडी–बैतडीमा पाँच दिन राहदानी सेवा बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयले एक सूचना जारी गर्दै असार २४ गतेदेखि असार २८ गतेसम्म राहदानी आवेदनसम्बन्धी सेवा बन्द रहने जनाएको छ ।
नयाँ राहदानी प्रणाली कार्यान्वयनमा ल्याउनका लागि राहदानी विभागले सेवा बन्द हुने जनाएकाले जिल्लामा पनि उक्त सेवा पाँच दिनका लागि बन्द रहने सहायक प्रमुख जिल्ला अधिकारी राजमणी निरौलाले बताए ।
राहदानी तयार भएको एसएमएस प्राप्त गरेका व्यक्तिहरुले भने राहदानी प्राप्त गर्न सक्ने बताइएको छ । यस्तै राहदानी नवीकरणको काम पनि निरन्तर रुपमा हुने जनाइएको छ ।
नयाँ राहदानीका लागि आवेदन भर्ने सेवामात्रै पाँच दिनका लागि बन्द हुने र असार २९ गतेदेखि फेरि नियमित सेवा सञ्चालन हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार २३, २०८३ ०७:४२
प्रतिक्रिया दिनुहोस्





