Sagun Khabar
बझाङमा आपसी विवादमा एक जनाको हत्या, ६ जना पक्राउ

बझाङ –बझाङमा एक जनाको हत्या भएको छ । केदारस्युँ गाउँपालिका–६ को त्याडीगाउँका ४२ बर्षीय  मोहनबहादुर बोहराको हत्या भएको प्रहरीले जनाएको छ ।

उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले अनुसन्धानका लागि ६ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक टेकबहादुर जोराले शुक्रबार साँझ आपसी विवादका क्रममा बोहराको हत्या गरेको पाइएको बताए ।

हत्यामा संलग्न भएको आशंकामा ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए । 

बोहराको शव मकै बारीमा फालेको अवस्थामा फेला परेको छ ।

डीएसपी जोराले अहिले उनीहरूमाथि अनुसन्धान भइरहेको बताउँदै घटनाबारे विस्तृत विवरण त्यसपछि सार्वजनिक गरिने जानकारी दिएका छन् ।


 

प्रकाशित मिति: आइतबार, असार २१, २०८३  १५:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update