बझाङको जयपृथ्वी राजमार्ग पहिरोका कारण अवरुद्ध
बझाङ –बझाङको जयपृथ्वी राजमार्ग पहिरोका कारण अवरुद्ध भएको छ ।
बझाङस्थित छविसपाथीभेरा–जालेबगर क्षेत्रमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रहरीले बर्षायाममा यात्रा गर्नुअघि सम्बन्धित सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न तथा वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
प्रकाशित मिति: आइतबार, असार २१, २०८३ ११:२९
प्रतिक्रिया दिनुहोस्





