Sagun Khabar
महेन्द्रनगरमा ६ क्विन्टल बढी मन्दिरका घण्टी सहित दुईजना पक्राउ 

कञ्चनपुर –महेन्द्रनगर बजारबाट प्रहरीले छ क्विन्टल ६१ किलो पुराना घण्टी बरामद गरेको  छ । जिल्ला प्रहरी कार्यालयको टोलीले महेन्द्रनगर बजारस्थित गल्ली नं १ मा रहेको ठकुराठी ब्रदर्शको गोदाममा छापा मार्दा  मन्दिरबाट चोरेर बिक्रीका लागि ल्याइएका उक्त परिमाणको घण्टी बरामद गरेको हो । 

गोदाम महेन्द्रनगरका व्यापारी पदम ठकुराठीको हो । प्रहरीले छापा मार्न लाग्दा गोदाम बैंकले भाडामा लिएको भन्दै खोल्न आनाकानी गरेका घण्टी टल्काउने दुई मजदुरका साथै घण्टी टल्काउने प्रयोग गरिने उपकरण पनि नियन्त्रणमा लिईएको छ । 

Atrya hospital

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१५ का ५८ वर्षीय पदम कोली र बैतडीका ३८ वर्षीय धनीराम टमटा रहेका छन् । 
घण्टी बरामद गरेपछि अहिले अनुसन्धान भईरहेको प्रहरी निरीक्षक बमले बताए । गोदाम साहू र सिद्ध बैजनाथ मन्दिर कार्यसमितिका पदाधिकारीलाई पनि अनुसन्धानका लागि बोलाइने उनले बताए । 

व्यापारी ठकुराठीले भने मन्दिर समितिले लिलाम गरेका पुराना घण्टी लिएको जिकिर गरेका छन् । 
 

प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  १३:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update