Sagun Khabar
बैतडीका भण्डारी सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको सदस्यमा नियुक्त 

बैतडी–बैतडीको पञ्चेश्वर गाउँपालिका–५ रन्तोली घर भएका रमेशसिंह भण्डारी सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभाको सदस्यमा नियुक्त भएका छन् । 

सिफारिश समितिको सिफारिश अनुसार भण्डारीलाई सदस्यमा नियुक्त गरेको सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ । 

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन २०७६ दफा ७ को उपदफा २ को खण्ड (घ) अनुसार भण्डारी प्राज्ञ सभा सदस्यमा नियुक्त गरिएको जनाएको छ । 

लामो समयदेखि स्थानीय संस्कृतिको संरक्षणमा सक्रिय रहेका भण्डारीले प्रदेश सरकारले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने बताए । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update