Sagun Khabar
दोदा नदीमा डुबेर एक बालकको मृत्यु 

कञ्चनपुर –कञ्चनपुरको दोदा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

पुनर्वास नगरपालिका–९ (ख) गाँउ स्थित दोदा नदीमा नुहाउने क्रममा सोही नगरपालिका–८ (क) गाउँ बस्ने १४ वर्षीय रोहित दौडेको मृत्यु भएको हो । 

पानीमा डुबेर गम्भिर घाईते भएका बालकलाई उपचारको लागि पुनर्वास टाउन हस्पिटल लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाका बिषयमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३  १०:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update