Sagun Khabar
बैतडीमा कांग्रेसको जरा अभियान सञ्चालन 

बैतडी–नेपाली कांग्रेस बैतडीले जरा अभियान सञ्चालन गरेको छ । पार्टीको केन्द्रीय नीति अनुसार जरा अभियान सञ्चालन गरिएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए । 

शनिबार जिल्ला भेलाको आयोजना गरेर अभियानको उद्दघाटन गरिएको सचिव जोशीले बताए । जिल्ला सभापति चतुरबहादुर चन्द, केन्द्रीय सदस्य सन्तोषी साउँद ऐरी लगायतको उपस्थितीमा जरा अभियानको शुरुवात गरिएको सचिव जोशीले बताए । 

अभियान अन्तर्गत क्रियाशील सदस्य अद्यावधिक गर्ने, कार्यकर्ताहरुसँग भेटघाट गर्ने, संगठन विस्तारका बिषयमा छलफल गरिने जोशीले बताए । 

नेपाली कांग्रेसले क्रियाशील सदस्य अब डिजिटल माध्यमबाट अद्यावधिक गर्ने सचिव जोशीले बताए । जिल्लाका १० ओटै स्थानीय तह र ८४ ओटै वडामा अभियान सञ्चालन गरिने बैतडी कांग्रेसले जनाएको छ ।  
 

प्रकाशित मिति: आइतबार, वैशाख २०, २०८३  ११:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update