Sagun Khabar
बैतडीमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता वैशाख ७ देखि हुने 

बैतडी–बैतडीमा १६ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी वैशाख ७ गतेदेखि हुने भएको छ । 

निङ्गलाशैनी खेलमैदान देहीमाण्डौंमा वैशाख ७ गतेदेखि ९ गतेसम्म प्रतियोगिता सञ्चालन हुने बैतडी जिल्ला खेलकुद समितिले जनाएको छ । 

जिल्लास्तरीय प्रतियोगिताका लागि छनौट भएका खेलाडीहरुलाई प्रतियोगितामा सहभागी गराइदिन सबै पालिकाहरुलाई आग्रह समेत गरिएको छ । 
 

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update