Sagun Khabar
जिल्ला अस्पताल बझाङको अध्यक्षमा खड्का नियुक्त 

बझाङ –जिल्ला अस्पताल बझाङको अध्यक्षमा विरेन्द्रबहादुर खड्का नियुक्त भएका छन् । स्वास्थ्य सेवाको गुणस्तर सुधार र संस्थागत सुशासनमा अनुभव बटुलेका खड्का नेतृत्वमा आएपछि अस्पताल सुधारको अपेक्षा गरिएको छ ।

जयपृथ्वी नगरपालिका–३, पडेशका खड्काले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर तथा एमएड गरेका छन् । अनेरास्ववियुको केन्द्रीय सदस्य समेत बनीसकेका खड्कासँग विभिन्न संघसंस्थाहरुमा काम गरेको अनुभव समेत रहेको छ । 

नवनियुक्त अध्यक्ष खड्काले अस्पताललाई जनमैत्री, पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । स्थानीयबासीले उनको नेतृत्वमा अस्पतालले नयाँ गति लिने विश्वास व्यक्त गरेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update