बझाङको रायल आसपास केन्द्रबिन्दु भएर भूकम्प
बझाङ –बझाङ जिल्लाको रायल आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
बझाङको रायल आसपास केन्द्रबिन्दु भएर आज दिउँसो १ बजेर १४ मिनेट जाँदा चार दशमलव एक ‘रेक्टरस्केल’को भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
यस्तै आज बिहान दार्चुलाको मुरइ केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तन तिमिल्सिनाले बताए ।
नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ ।
प्रकाशित मिति: सोमबार, चैत ९, २०८२ १७:२१
प्रतिक्रिया दिनुहोस्




