Sagun Khabar
बैतडीमा राम नवमीको अवसरमा भलिबल प्रतियोगिता हुने, प्रथम पुरस्कार १५ हजार रुपैयाँ

बैतडी - बैतडीको पाटन नगरपालिका ३ गुरुडा स्थित राम मन्दिर परिसरमा राम नवमीको अवसरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । 

राम नवमीको अवसरमा राम मन्दिर परिसरको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने प्रतियोगिताका सम्पर्क व्यक्ति जनक बहादुर चन्दले बताए। गुरुडा बजार व्यवस्थापन समितिको आयोजना र स्थानीय बासिको आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालनको तयारी भएको प्रतियोगिताका संयोजक तिलक सिँह क्षेत्रीले बताए । 

उक्त प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार रुपैयाँ नगद पुरस्कारका साथै प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै दोश्रो हुनेलाई १० हजार रुपैयाँ नगद पुरस्कारका साथै प्रमाणपत्र र तेश्रो हुनेलाई ५ हजार रुपैयाँ नगद पुरस्कारका साथै प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।  प्रतियोगितामा सहभागी हुने टीमले यही चैत १० गते दिउँसो ४ बजे सम्म टीम दर्ता गरिसक्नुपर्ने जनाइएको छ । टीम दर्ताका लागि २ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको संयोजक श्रेत्रीले बताए ।

खेलाडीहरुको चौतर्फी विकास र स्थानीयस्तरमा खेलकुदको प्रबर्द्धन संगै पौराणिक राम मन्दिरमा लाग्ने मेलालाई आकर्षकको केन्द्र बनाउने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्ने तयारी भएको प्रतियोगिताका संरक्षक दिलीप सिँह कठायतले बताए । प्रतियोगितामा पाटन नगरपालिका भित्र रहेका माद्यामिक विद्यालय मात्रै सहभागी हुन पाउने छन ।  

प्रकाशित मिति: शनिबार, चैत ७, २०८२  १९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update