Sagun Khabar
प्रधानमन्त्री कप : शेर मल्लको कप्तानीमा सुदूरपश्चिमको टोली घोषणा 

बैतडी –प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशले आफ्नो टोली सार्वजनिक गरेको छ । टोलीको कप्तानमा शेर मल्ललाई चयन गरिएको छ भने उपकप्तानको जिम्मेवारी किरण ठगुन्नालाई दिइएको छ ।

घोषित टोलीमा अनुभवी र युवा खेलाडीहरूको सन्तुलित संयोजन गरिएको छ । यसपटक सुदूरपश्चिमले अघिल्लो संस्करणको कमजोर प्रदर्शन सुधार गर्दै उपाधि दाबेदारका रूपमा प्रस्तुत हुने लक्ष्य राखेको जनाएको छ ।

टोलीमा शेर मल्ल, किरण ठगुन्ना, खडक बोहरा, दिपक बोहरा, हेमन्त धामी, विकास आगरी, अभिषेक पाल, प्रकाश पाण्डेय, मिलन बोहरा, नरेन भट्ट, लोकेन्द्र चन्द, शौर्य श्रेष्ठ, नारायण जोशी, राजु रिजाल र अशोक धामी रहेका छन् । 

अघिल्लो संस्करणमा सुदूरपश्चिमले ९ खेलमध्ये केवल ३ जित हात पारेको थियो । त्यसैले यसपटक नयाँ रणनीति र सन्तुलित टोलीमार्फत उत्कृष्ट प्रदर्शन गर्ने तयारी गरिएको टोली व्यवस्थापनले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, चैत ७, २०८२  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update