बैतडी –बैतडीको शिवनाथमा शुभकामना कप खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
यही चैत २६ गतेदेखि शिवनाथ गाउँपालिका–६ स्थित कृष्ण आविको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने प्रतियोगिताका संरक्षक तेजबहादुर चन्दले बताए ।
कृष्ण आधारभूत विद्यालयको आयोजना र कानली सेवा समाजको प्रायोजनामा प्रतियोगिता सञ्चालनको तयारी भएको प्रतियोगिताका रेफ्री संयोजक धिरज चन्दले बताए ।
उक्त प्रतियोगितामा प्रथम हुनेलाई ५५ हजार ५५५ रुपैयाँ नगद पुरस्कारका साथै ट्रफी र मेडल प्रदान गरिनेछ । यस्तै दोश्रो हुनेलाई ३३ हजार ३३३ रुपैयाँ र तेश्रो हुनेलाई २२ हजार २२२ रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुने टीमले यही चैत २५ गते टीम दर्ता गरिसक्नुपर्ने जनाइएको छ । टीम दर्ताका लागि ४ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको रेफ्री संयोजक चन्दले बताए ।
खेलाडीहरुको चौतर्फी विकास र स्थानीयस्तरमा खेलकुदको प्रवद्र्धन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्ने तयारी भएको प्रतियोगिताका संरक्षक चन्दले बताए ।




