बैतडी - बैतडीको पाटन नगरपालिका वडा नम्बर ३ घर भएका तर्कराज अवस्थीको उपचारमा आर्थिक अभाव भएको छ ।
बिगत ८ महिना देखि मुटुरोगले थलिएका तर्कराजको उपचारमा आर्थिक अभाव भएपछी उनका परिवारले आर्थिक सहयोग गरिदिन अपिल गरेका छन । भारतमा मजदुरी गरेर घरखर्च चलाइरहेका अवस्थि मुटुरोगले थलिएपछी परिवारमा बिचल्ली भएको छ । एकातिर घरखर्च चलाउन मुस्किल भएको छ भने अर्को तर्फ आफ्नो आर्थिक अभावका कारण आफ्नो उपचार रोकिएको अवस्थिले बताए ।
मुटुरोगले थलिएका अवस्थी उपचार गर्न भारत गएका भएपनी आर्थिक अभावका कारण उपचार हुन नसकेको उनका श्रीमती नन्दा अवस्थीले बताइन् । विगत १५ बर्षदेखी औषधि सेवन गरिरहेका अवस्थी गत साउन देखि स्वास्थ्यमा जटिल समस्या देखिएपछी थला परेका बताइएको छ ।
मुटुरोगबाट थलिएका अवस्थीको धनगढीको नोभा हस्पिटलमा उपचार गराएको भएपनी उपचार सम्भव नभएपछी भारत पठाएको बताइएको छ । उपचार गर्न भारत पुगेका अवस्थी आर्थिक अभावका कारण अस्पताल भर्ना हुन सकेका छैन । अवस्थीका एक छोरा एकछोरी र श्रीमतीको समेत बिचल्ली परेको छ ।
सहयोग गर्न चाहने सहयोगी दाताले उनका आफान्त दिपा जोशी अवस्थीको कृषि विकास बैंकको खाता नम्बर ०८२३८०१६४०९२१०११ मा पैसा जम्मा गर्न सक्नु हुनेछ ।




