Sagun Khabar
कञ्चनपुर– १ मा प्रलोपाका उम्मेदवार नै नेकपामा प्रवेश

कञ्चनपुर –कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार देपेन्द्रबहादुर शाही नेपाली कम्युनिस्ट पार्टी नेकपामा प्रवेश गरेका छन् । शाही र प्रलोपाको कञ्चनपुर जिल्ला प्रमुख अमरसिंह विष्टसहित ५४ नेता–कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन् । 

गएको आइतबार बेलौरीमा पत्रकार सम्मेलन गरेर चुनावी घोषणापत्र सार्वजनिक गरेका शाहीले तीन दिनपछि पार्टी परित्याग गरेर नेकपा प्रवेश गरेका हुन् । शाही र विष्ट प्रलोपाका केन्द्रीय सदस्यसमेत थिए । 

नेकपामा समाहित भएपछि शाहीसहितका नेता–कार्यकर्ताहरूले महिला नेतृ विना मगरलाई जिताउने अभियानमा खटिने प्रतिबद्धता जाहेर गरेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update