Sagun Khabar
बैतडीको पुर्चौडी नगरपालिकामा आज शोक बिदा

बैतडी – बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परि हिजो १३ जनाको ज्यान गएपछि पुर्चौडी नगरपालिकाले आज शोक बिदा दिएको छ ।

नगरपालिकाले विज्ञप्ति निकाल्दै घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । आज नगरपालिका कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य संस्था तथा शिक्षण संस्थाहरू बन्द गरिएको छ । अत्यावश्यक सेवाहरू भने यथावत् सञ्चालनमा रहने विज्ञप्तिमा उल्लेख छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर नेपालीले दुःखको घडीमा सबैलाई संयमित हुन अनुरोध गरेका छन् । हिजो बेलुकी पुर्चौडी नगरपालिका–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस पुर्चौडीको बडगाउँ मोडमा पल्टिएको थियो ।

दुर्घटनामा परि ८ जनाको घटनास्थलमा र ५ जनाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा ज्यान गएको हो । दुर्घटनामा परेर ३४ जना घाइते भएका छन् । घाइतेहरुको डडेल्धुरा, बझाङ र धनगढीमा उपचार भईरहेको छ । 

Bida_-1770358367.jpg
 

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update