बैतडी –जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौली बैतडीमा नयाँ आयुर्वेद चिकित्सक हाजिर भएका छन् ।
डा. ललितनारायण राम नयाँ आयुर्वेद चिकित्सकको रुपमा आयुर्वेद स्वास्थ्य केन्द्रमा हाजिर भएका केन्द्रका प्रमुख हिक्मत चन्दले बताए ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा आयुर्वेद चिकित्सक हाजिर भएसँगै केन्द्रले प्रदान गर्ने सेवाहरु अझ प्रभावकारी रुपमा प्रदान गर्न सकिने चन्दले बताए ।
प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशबाट सिफारिस भएर आएका आयुर्वेद चिकित्सक डा. नारायण रामलाई जिल्ला आयुर्वेद स्वस्थ्य केन्द्र मेलौलीमा एक कार्यक्रमकाबीच स्वागत समेत गरिएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा आयुर्वेदिक औषधि उपचार, पञ्चकर्म, पूर्वकर्म, बाथ रोग, ग्यास्ट्रिक, पाइल्स, पिसाब सम्बन्धि समस्या, महिलाहरुमा हुने महिनावारी गडबडी आदि समस्याको आयुर्वेदिक पद्धतिबाट उपचार हुँदै आएको छ ।
नयाँ आयुर्वेद चिकित्सक हाजिर भएपछि केन्द्रले दिने सेवा थप विस्तार हुने अपेक्षा गरिएको छ ।




