Sagun Khabar
भारतबाट बेपत्ता भएका बैतडीका भण्डारी सकुशल फेला 

बैतडी– भारतको भारतको बेंगलोरबाट बेपत्ता भएका बैतडीका प्रकाश भण्डारी सकुशल फेला परेका छन् । 

बैतडीको दोगडाकेदार गाउँपालिका–४ भण्डारीगाड घर भएका २७ बर्षीय भण्डारी बेंगलोरको आरआर नगरबाट गएको शनिबार बेपत्ता भएका थिए । 

गएको डेढ बर्षदेखि बेंगलोरको एक होटेलमा काम गर्दै आएका भण्डारी एक्कासी बेपत्ता भएपछि प्रहरीमा निवेदन दिएको उनको खोजी गरिएको थियो । 

भारतीय प्रहरीको सहयोगमा उनलाई बेंगलोरकै मिजिस्टक भन्ने ठाउँबाट आज सकुशल फेला पारेको उनका दाजु किशोर भण्डारीले बताए । उनी कसरी बेपत्ता भए भन्ने कुरा खुल्न बाँकी रहेको छ । 
 

प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update