Sagun Khabar
बैतडीमा ११ सय ५१ अस्थायी मतदाता 

बैतडी–जिल्ला निर्वाचन कार्यालय बैतडीले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बैतडीका अस्थायी मतदाताहरुको प्रारम्भिक नामावली प्रकाशन गरेको छ । 

अस्थायी मतदाताहरुको विवरण संकलन गरेर प्रारम्भिक नामावली प्रकाशन गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख खगेन्द्र भारतीले बताए । 

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा अस्थायी मतदाताहरुले समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था रहेको छ । 

अस्थायी मतदातामा नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी, विभिन्न कार्यालयका कर्मचारी, वृद्धाश्रम रहेका व्यक्ति, कारागारमा रहेका थुनुवा तथा कैदीबन्दीलाई राख्ने गरिएको छ । 

अस्थायी मतदाताहरुको प्रारम्भिक नामावली प्रकाशन गर्दै जिल्ला निर्वाचन कार्यालयले नामावलीमा छुट भएका र विवरणमा त्रुटी भएकाहरुलाई यही माघ २४ गतेभित्र निवेदन दिन आग्रह गरेको छ । 
 

प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update