बैतडीको पञ्चेश्वर गाउँपालिकाले पायो नयाँ प्रमुख प्रशासकीय अधिकृत
बैतडी - बैतडीको पञ्चेश्वर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा वीर बहादुर भण्डारी हाजिर भएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भण्डारीलाई पञ्चेश्वर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएपछि उनी गाउँपालिकामा हाजिर भएका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत भण्डारीलाई आज विहिबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्द, उपाध्यक्ष विना भट्ट लगायतका जनप्रतिनिधि र गाउँपालिका अन्तर्गत कार्यरत कर्मचारी, वडा कार्यालयमा कार्यरत कर्मचारीहरुको उपस्थितीमा प्रमुख प्रशासकीय अधिकृत भण्डारीको अबिर र खादा सहित स्वागत गरिएको गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताए ।
प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२ १७:४३
प्रतिक्रिया दिनुहोस्




