Sagun Khabar
सुनचाँदीको भाउमा नयाँ कीर्तिमान

सुनचाँदीको भाउले नयाँ कीर्तिमान बनाएको छ । सुन आज एकैदिन तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाका ३ लाख ९ हजार ३ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउले पनि र्कीतिमान बनाएको छ । चाँदी आज तोलामा ४ सय ३० रुपैयाँले बढेर तोलाको ७ हजार ३ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ६ हजार ८ सय ७० रुपैयाँ थियो ।

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  १४:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update