Sagun Khabar
हिन्दू राज्य र राजसंस्था पुनर्स्थापना लागि हस्ताक्षर अभियान शुरु 

बैतडी–हिन्दू राज्य र राजसंस्था पुनर्स्थापना लागि बैतडीमा हस्ताक्षर अभियान शुुरु गरिएको छ । 

शाही युवा शक्ति नेपालको देशव्यापी कार्यक्रम अनुसार बैतडीमा पनि हस्ताक्षर अभियान सञ्चालन गरिएको अभियानका बैतडी संयोजक भुवनबहादुर चन्दले बताए । 

नेपाल हिन्दू राष्ट्र घोषणा हुनुपर्ने र राजसंस्था पुनर्स्थापना हुनुपर्ने आफूहरुको माग रहेको उनले बताए । जिल्लास्तरमा संकलन गरिएको हस्ताक्षरलाई केन्द्रमा पठाइने चन्दले बताए । 
बैतडी सदरमुकामको गोठलापानी बजारमा हस्ताक्षर अभियान शुरु गरिएको र जिल्लाका सबै ठाउँमा संकलन गर्ने लक्ष्य रहेको चन्दले बताए । 

नेपालमा अधिकांश हिन्दू धर्माबलम्बीहरु रहेकाले हिन्दू राष्ट्र घोषणा हुनुपर्नेमा उनले जोड दिए । राजसंस्था पुनर्स्थापना नहुँदा देशको विकास नहुने भएकाले आफूहरु यो अभियानमा लागेको उनले बताए । 

प्रकाशित मिति: बुधबार, साउन २७, २०८३  १८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update