Sagun Khabar
बैतडीमा दोस्रोपटक वर्षा र समान्य हिमपात

बैतडी-  बैतडीमा दोस्रोपटक समान्य हिमपात भएको छ । मंगलबार राति जिल्लाका उच्च भेग सतबाँज,ग्वाल्लेक,रौलाकेदार धाम,सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको हो ।

यसअघि पनि शुक्रबार राती हिमपातसहित हिउँदे वर्षा भएको थियो । 

दोस्रोपटक हिमपात र वर्षा भएपछी किसानहरू भने खुसि बनेका छन् ।  गहुँ,आलु लगायत हिउँदे बाली सप्रिने भएकाले किसान खुसि भएका स्थानीय गोबिन्द महराले बताए ।

हिउँदेबाली सङ्गै फलफूल र आलूलगायत अन्य तरकारी पनि सप्रिने कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।

हिमपातका कारण चिसो बढेकाले सतर्कता अपनाउन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन्  ।

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  ०८:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update