बैतडी - बैतडीमा १२ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । दशवटा दल बाट र दुइ स्वतन्त्र गरी १२ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीबाट नेकपा एमालेको तर्फबाट दामोदर भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मङ्गलबार बिहान पौने १२ बजे भण्डारीले उम्मेदवारी दर्ता गराएका हुन् । प्रतिनिधि सभामा नेकपा एमालेका दामोदर भण्डारीले लगातार तेश्रो जीत हासिल गरेका थिए ।
यस्तै नेपाली काङ्ग्रेसबाट चतुर बहादुर चन्दले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाल क्रीकेट संघका अध्यक्ष समेत रहेका चन्दले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् । बैतडीमा नेपाली कांग्रेस ८ वर्षपछि प्रत्यक्ष जनतामाझ जादै छ । २०७४ सालमा नरबहादुरचन्द रुख चिह्नबाट चुनाव लडेका थिए । त्यसको ८ वर्षपछि नेपाली कांग्रेसका जिल्ला सभापति एवं नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले टिकट पाएका हुन् ।
यस्तै जनता समाजबादि पार्टि नेपालबाट आन सिह भण्डारी,श्रम सस्कृती पार्टीबाट गजेन्द्र राज पाण्डेय,नेपाल मजदुर किसान पार्टीबाट नबराज कोइराला,नेपाली कम्युनिष्ट पार्टीबाट प्रमानन्द भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भुपेन बहादुर चन्द,नेपाल कम्युनिष्ट पार्टी माओवादिबाट राम बहादुर कुवर,राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिमोहन भण्डारी, आम जनता पार्टीबाट बिसन सिह बोहराले उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै कांग्रेस बाट पार्टि परित्याग गरेका तेज बहादुर चन्द र जय प्रकास पन्तले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन ।
अरू सबैले स्वयम उपस्थित भइ उम्मेदवारी दिएपनि रास्वपाका हरिमोहन भण्डारीले भने रास्वपा जिल्ला सभापती मार्फत वारेसनामा उम्मेदवारी दर्ता गराएका हुन् ।
जिल्लामा मनोनयन दर्ता आयोगले तोकेको समयमै शान्तिपुर्ण रुपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत तिर्थराज भट्टले बताए ।




