Sagun Khabar
सुदूरपश्चिमबाट यी हुन् नेकपाका उम्मेदवार, बैतडीबाट परमानन्द भट्ट 

बैतडी–नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिमबाट उम्मेदवारको टुंगो लगाएको छ । 

नेकपा अनुसार बैतडीबाट परमानन्द भट्टलाई उम्मेदवार बनाएको छ भने दार्चुलाबाट लक्ष्मणदत्त जोशीलाई उम्मेदवार बनाएको छ । 

यस्तै डडेल्धुराबाट मानसिंह माल, बझाङबाट मिनबहादुर कुँवर डोटीबाट त्रिलोचन भट्ट र बाजुराबाट प्रकाशबहादुर शाहलाई उम्मेदवार बनाएको नेकपाले जनाएको छ । यस्तै अछाम क्षेत्र नम्बर १ बाट डा. भीम रावल र अछाम क्षेत्र नम्बर २ बाट शरदसिंह भण्डारीलाई उम्मेदवार बनाइएको छ । 

यस्तै कैलाली –१ बाट रामलाल डगौंरा, कैलाली–२ बाट नन्दबहादुर साउँद, कैलाली–३ बाट वीरमान चौधरी, कैलाली–४ बाट हरिराम चौधरी र कैलाली–५ बाट प्रेम आलेलाई उम्मेदवार बनाएको छ । 

यसैगरी कञ्चनपुर–१ बाट बिना मगर, कञ्चनपुर–२ बाट लालबहादुर खड्का र कञ्चनपुर–३ बाट मानबहादुर सुनारलाई उम्मेदवार बनाएको नेकपाले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update