Sagun Khabar
बैतडीका नरेन्द्र भट्ट कांग्रेस केन्द्रीय सदस्यमा चयन 

बैतडी–बैतडीका नरेन्द्र भट्ट नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा चयन भएका छन् । 

गएको पुस २७ देखि ३० गतेसम्म काठमाण्डौंमा भएको कांग्रेसको दोश्रो बिशेष महाधिवेशनबाट भट्ट केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका हुन् । 

गगन थापा सभापति रहेको कांग्रेसको केन्द्रीय समिति सदस्यमा भट्ट चयन भएका हुन् । थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले हिजो आधिकारिता दिएको छ । बिशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्वलाई आयोगले आधिकारिकता दिएको हो । 

कांग्रेस केन्द्रीय सदस्यमा चयन भएका भट्ट २०५६ सालमा नेपाल विद्यार्थी संघ बैतडीको अध्यक्ष बनेका थिए । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य समेत रही सकेका भट्ट नेपाल तरुण दलको केन्द्रीय सदस्य समेत भइसकेका छन् । 

उनी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेका छन् । नेपाली कांग्रेसको विभिन्न तहको जिम्मेवारी सम्हाल्दै आफू अहिले केन्द्रीय सदस्यमा चयन भएको भट्टले बताए । 

नयाँ परिस्थितीमा नेपाली कांग्रेसलाई एकजुट बनाएर लैजाने केन्द्रीय सदस्य भट्टले बताए । बिशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको बताउँदै उनले सबै कांग्रेसजनहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । 
 

प्रकाशित मिति: शनिबार, माघ ३, २०८२  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update