Sagun Khabar
मेलौलीको नगर सभा सम्पन्न 

बैतडी–बैतडीको मेलौली नगरपालिकाको अठारौैं नगरसभा मंगलबार सम्पन्न भएको छ । योजना तथा बजेट संशोधन लगायतका निर्णयहरु पारित गर्दै नगरसभा सम्पन्न भएको प्रमुख प्रसाशकीय अधिकृत दलबहादुर धामीले बताए ।

नगर कार्यपालिकाले यसअघि विभिन्न समयमा गरेका निर्णयहरुले नगर सभाले अनुमोदन गरेको नगर उपप्रमुख पार्वती बोहरा बिष्टले बताइन् । 

नगर सभामा नगर प्रमुख भीमबहादुर चन्दले चालु आर्थिक बर्षको अहिले सम्म सम्पादन भएका कामहरुको प्रगति प्रतिवेदन पेश गरेका थिए । यस्तै अहिलेसम्म भएका कामहरुको समीक्षा र आगामी कामहरुको योजनाका बिषयमा छलफल भएको नगर प्रमुख चन्दले बताए । 

नगर सभामा प्रमुख चन्दका साथै उपप्रमुख पार्वती बोहरा बिष्ट, वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगर सभा सदस्य लगायतको सहभागिता रहेको थियो । 

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update