Sagun Khabar
कञ्चनपुरको बेदकोटका ९३ जनालाई जग्गाधनी पूर्जा वितरण

कञ्चनपुर – भूमि समस्या समाधान आयोग जिल्ला समिति कञ्चनपुरले बेदकोट नगरपालिकामा ९३ जनालाई जग्गाधनी पूर्जा प्रदान गरेको छ ।

६ दशकदेखि ऐलानी जमिनमा बसोबास गर्दै आएका भूमिहीन नागरिकलाई बिहीवार जग्गाधनी पूर्जा हस्तान्तरण गरेको बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले जानकारी दिए । उनका अनुसार बेदकोट नगरपालिका–८ का ६३ जना र बेदकोट–६ का ३० जनालाई जग्गाधनी पूर्जा वितरण गरिएको हो । 

नगरपालिकाका अन्य वडामा रहेका ५ सय बढी भूमिहीन परिवारलाई पूर्जा वितरण गर्ने योजना रहेको नगर प्रमुख बोहराले बताए । 

विसं २०२२ सालदेखि बसोबास गर्दै आएका भूमिहीन नागरिकले जग्गाको स्वामित्व पाएपछि खुसी व्यक्त गरेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०८२  ०७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update