बैतडी–आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बैतडीमा एक लाख ५६ हजार ३७२ मतदाता कायम भएका छन् ।
जसमा ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र दुई जना अन्य रहेका छन् । हालको मतदाता संख्या अघिल्लो निर्वाचनको तुलनामा ६ हजार २१६ ले वृद्धि भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले बताए । यसअघिको निर्वाचनमा एक लाख ५० हजार १५६ मतदाता थिए ।
सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ११ हजार ८३८ पुरुष र ११ हजार ६९५ महिला गरी २३ हजार ५३३ मतदाता रहेका छन् । पुर्चौंडी नगरपालिकामा ११ हजार ५ पुरुष र १० हजार ७९८ महिला गरी २१ हजार ८०३, पाटन नगरपालिकामा १० हजार ४०१ पुरुष र १० हजार ३१७ महिला गरी २० हजार ७१८ र मेलौली नगरपालिकामा ६ हजार ९४९ पुरुष र ७ हजार ३२ महिला गरी १३ हजार ९ सय ८२ मतदाता रहेका छन् ।
यस्तै दोगडाकेदार गाउँपालिकामा ७ हजार ९९५ पुरुष र ७ हजार ५३५ महिला गरी १५ हजार ५३०, डिलाशैनी गाउँपालिकामा ७ हजार २३५ पुरुष र ६ हजार ६८० महिला गरी १३ हजार ९१५, पञ्चेश्वर गाउँपालिकामा ५ हजार ६२१ पुरुष र ५ हजार ८७७ महिला गरी ११ हजार ४९९, शिवनाथ गाउँपालिकामा ५ हजार २२२ पुरुष र ५ हजार २६७ महिला गरी १० हजार ४८९, सिगास गाउँपालिकामा ६ हजार ६०३ पुरुष र ६ हजार २९४ महिला गरी १२ हजार ८९७ र सुर्नया गाउँपालिकामा ६ हजार ११८ पुरुष र ५ हजार ८८८ महिला गरी १२ हजार ६ जना मतदाता रहेका छन् ।




