माटोको ढिस्कोले पुरिएर बैतडीकी एक महिलाको मृत्यु
बैतडी –माटोको ढिस्कोले पुरिएर बैतडीकी एक महिलाको मृत्यु भएको छ ।
बैतडीको डिलाशैनी गाउँपालिका–३ सिमारकी २४ बर्षीया झुपा रानाको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको डिलाशैनी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष रघुबीर बोहराले बताए ।
बुधबार आफ्नो घरदेखि १ किलोमिटर टाढा दार्चुलाको शैल्यशिखर नगरपालिका–१ चौड भन्ने स्थानमा घर लिपपोतका लागि माटो खन्न गएकी राना माटोको ढिस्कोले पुरिएर गम्भीर घाइते भएकी थिइन् ।
उनलाई उपचारका लागि गोकुलेश्वर अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२ १२:०२
प्रतिक्रिया दिनुहोस्




