Sagun Khabar
बैतडीमा बस र जिप एक आपसमा ठोक्किए, जिप चालक घाइते 

बैतडी–बैतडीमा बस र जिप एक आपसमा ठोक्किँदा जिप चालक समान्य घाइते भएका छन् । 

बिहीबार बिहान ९ बजेर २० मिनेटमा बैतडीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको पवनदूत यातायातको सु.प.प्र.०२००१ ख १४३८ नम्बरको बस र पाटनबाट बैतडी सदरमुकामतर्फ आउँदै गरेको से १ ज ३९० नम्बरको बोलेरे जिप दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–६ बजार नजिकैको घुम्तीमा एकआपसमा ठोक्किएका हुन् । 

उक्त दुर्घटनामा जिप चालक पाटन नगरपालिका–४ थुमका २१ बर्षीय रोशन महरा समान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरीक्षक दिपककुमार रायले बताए । घाइते महराको पाटनमै उपचार भइरहेको छ । 

बस र चालकलाई इलाका प्रहरी कार्यालय पाटनले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उनले बताए । 


 

प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update