बैतडी–बैतडीको शिवनाथ गाउँपालिकाको गाउँ सभा सम्पन्न भएको छ ।
बुधबार सम्पन्न भएको गाउँ सभाको १६ औं अधिवेशनले पाँचओटा विधेयक पारित गरेको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए ।
गाउँ सभाको अधिवेशनले गाउँ सभा सञ्चालन तथा कार्यसञ्चालन विधेयक २०८२, गाउँपालिकाको लेखा समिति गठन तथा कार्य सञ्चालन विधेयक २०८२, बालअधिकार संरक्षण तथा प्रवद्र्धन सम्बन्धी विधेयक २०८२, आर्थिक कार्यविधि तथा बित्तीय उत्तरदायित्व विधेयक २०८२ र बेरुजु फच्र्यौट विधेयक २०८२ पारित गरेको अध्यक्ष साउँदले बताए ।
यस्तै गाउँ सभाले यसअघि कार्यपालिकाले विभिन्न समयमा गरेका निर्णयहरु पारित गरेको छ भने केही योजनामा नाम र बजेट संशोधन गरेको उनले बताए ।
यस्तै गाउँ सभाले विभिन्न समयमा सञ्चालन भएका पालिकास्तरीय कार्यक्रमका लागि धन्यवाद प्रस्ताव समेत पारित गरेको सभाका सदस्य सचिव एवं प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताए ।
गाउँ सभामा अध्यक्ष साउँदका साथै उपाध्यक्ष शकुन्तला साउँद, वडा अध्यक्ष, कार्यपालिका सदस्य र गाउँ सभाका सदस्यहरुको उपस्थिती रहेको थियो ।




