Sagun Khabar
बैतडीमा लागू औषध खैरो हेरोइनसहित पाँच जना पक्राउ

 बैतडी–बैतडीमा लागू औषध खैरो हेरोइनसहित पाँच जना पक्राउ परेका छन् । 

जिल्लाको पाटन नगरपालिका–६ बजारमा रहेको एसकेएनएस निर्माण सेवा प्रालिबाट सोही ठाउँका २१ बर्षीय हेमन्त बिष्ट, २२ बर्षीय कपिल बिष्ट, १८ बर्षीय शशांक चन्द, २० बर्षीय विष्णु बिष्ट र २२ बर्षीय सुभाष कठायतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए । 

लागू औषध खैरो हेरोइनको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा मंगलबार खानतलासी गर्दा लुकाइराखेको अवस्थामा २ सय ५० मिलिग्राम खैरो हेरोइन फेला पारी पाँचै जनालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बडूले बताए । 

पक्राउ परेका पाँचै जनामाथि जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बडूले बताए । 

पछिल्लो समयमा प्रहरीले लागू औषध नियन्त्रण अभियान सञ्चालन गरिरहेको छ । युवा अवस्थाका मानिसहरु समेत लागू औषधको दुर्व्यसनमा फसेकाले प्रहरीले यसको नियन्त्रणका लागि अभियान थालेको जनाएको छ । 

प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  ०९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update