बैतडी - बैतडीको पाटन नगरपालिका वडा नं ३ स्थित सिगास आधारभुत विद्यालय बुङडाको विद्यालय व्यवस्थापन समितिका अध्यक्षमा पुन दोस्रो कार्यकालको लागि मान सिँह बिष्ट चयन भएका छन् ।
मंगलबार विद्यालयमा भएको अभिभावकहरुको भेलाले बिष्टलाई सर्वसम्मत रुपमा दोस्रो कार्यकाल अध्यक्षमा चयन गरेको हो । समितिको अन्य सदस्यहरुमा कृष्ण बिष्ट, गौरी बिष्ट, प्रसाद कोलि , धनबहादुर विष्ट, अनित विष्ट, शिक्षक प्रतिनिधि हिमाल ऐर, पदेन सदस्यमा भिम दत्त भट्ट र सदस्य सचीवमा प्रधानाध्यापक सुरेन्द्र सिँह बिष्ट चयन भएका बताइएको छ ।
विद्यालयमा शैक्षिक क्रियाकलापलाई व्यवस्थित बनाउन आफूले सक्दो पहल गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्टले बताए । यस्तै शिक्षक अभिभावक संघको अध्यक्षमा मनिराम कोलि चयन भएका प्रधानाध्यापक सुरेन्द्र सिँह बिष्टले बताएका छन ।




