बैतडी–बैतडीको पाटन नगरपालिका–४ ढकालीस्थित भगवती आधारभूत विद्यालयको ३२ औं बार्षिकोत्सव आज विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रसिंह बिष्टको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहमा पूर्व मन्त्री दामोदर भण्डारी प्रमुख अतिथी रहेका थिए । उक्त कार्यक्रममा पाटन नगरपालिका–४ का वडा अध्यक्ष दिपकसिंह बिष्ट, रास्वपाका जिल्ला अध्यक्ष भीम नाथ लगायतको सहभागिता रहेको थियो ।
बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक डम्मरसिंह बिष्टले विद्यालयको शैक्षिक, आर्थिक र भौतिक प्रतिवेदन पेश गरेका थिए ।
बार्षिकोत्सव समारोहमा विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।
विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन भएको समारोहमा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।




