बैतडी–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बैतडीको डिलाशैनी गाउँपालिकामा गाउँ अधिवेशन सम्पन्न गरेको छ ।
आज सम्पन्न भएको अधिवेशनले धनसिंह मालको अध्यक्षतामा २५ सदस्यीय गाउँकार्य समिति चयन गरेको राप्रपा बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्टले बताए ।
उक्त समितिको उपाध्यक्षमा निर्मला थलाल, धौलसिंह राना र हरिलाल खडायत चयन भएका छन् । समितिको सचिवमा जनक बोहरा, कोषाध्यक्षमा नरबहादुर साउँद, सहसचिवमा नरेन्द्र माल र कृष्ण नाथ तथा अन्य सदस्यहरु चयन भएका बताइएको छ ।
अधिवेशनमा जिल्ला अध्यक्ष भट्टका साथै प्रतिनिधि सभा सदस्य उम्मेदवार भुपेनबहादुर चन्द, प्रवक्ता देवेन्द्र माल लगायतको सहभागिता रहेको थियो ।
यो सँगै राप्रपाले बैतडीको १० ओटै पालिकामा अधिवेशन सम्पन्न गरेको जनाएको छ । प्रत्येक पालिकामा अधिवेशनबाट नयाँ नेतृत्व आएको र राप्रपामा उर्जा भरेको प्रवक्ता देवेन्द्र मालले बताए ।
अधिवेशनकै सिलसिलामा आगामी चुनावका बारेमा समेत मतदाताहरुसँग छलफल गरिएको मालको भनाइ छ । राप्रपाले आगामी निर्वाचनमा विजय हासिल गर्ने लक्ष्यसहित आफ्ना चुनावी गतिविधिलाई केन्द्रित गरेको उनले बताए ।
यो महिनाभित्रै जिल्ला अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गर्ने राप्रपा बैतडीले जनाएको छ ।




