बैतडी–नेकपा एमाले बैतडीको इञ्चार्जको जिम्मेवारी दामोदर भण्डारीले पाएका छन् ।
एमालेको आज बसेको सचिवालय बैठकले केन्द्रीय सदस्य भण्डारीलाई जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको हो । यसअघि एमाले बैतडीको इञ्चार्जमा केन्द्रीय सदस्य लिलाधर भट्ट रहेका थिए ।
भण्डारीलाई एमाले बैतडीले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार समेत सिफारिश गरेको छ । जिल्लाबाट उनको एकल नाम उम्मेदवारका लागि सिफारिश भएको एमाले बैतडीका उपाध्यक्ष लोकेन्द्र भण्डारीले बताए ।
यस्तै दार्चुलामा गणेश ठगुन्ना, डडेल्धुरामा पठानसिंह बोहरा, बझाङमा ऐन महर, डोटीमा चक्र मल्ल, अछाममा झपट बोहरा र बाजुरामा लालबहादुर थापालाई इञ्चार्ज तोकेको एमालेले जनाएको छ ।
यस्तै कैलालीमा लिला भण्डारी र कञ्चनपुरमा निरु पाललाई जिल्ला इञ्चार्ज तोकेको बताइएको छ ।
आगामी फागुन २१ गते हुने चुनावका लागि सुदूरपश्चिममा गणेशसिंह ठगुन्नालाई चुनावी कमाण्डर तोकेको एमाले बैतडीका उपाध्यक्ष भण्डारीले बताए ।




