Sagun Khabar
बैतडीमा सशस्त्र प्रहरीद्वारा कम्बल र न्यानो लुगा वितरण 

बैतडी–बैतडीमा सशस्त्र प्रहरीले कम्बल र न्यानो लुगा वितरण गरेको छ । 

विणेश्वर मावि नकालीमा अध्ययनरत १८ जना दलित विद्यार्थीहरुलाई कम्बल वितरण गरिएको छ भने १० जना जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरिएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका गुल्मपति जंगबहादुर कुँवरले बताए । 

आगामी माघ ९ गते सशस्त्र प्रहरी बल स्थापना दिवस मनाइने र त्यसअघि विभिन्न कार्यक्रम सञ्चालनमा रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक कुँवरले बताए । 

शुक्रबार सुर्नया गाउँपालिका–७ स्थित भुवनेश्वर माविका विद्यार्थीहरुलाई शैक्षिक सामग्री र पोशाक वितरण गरिएको छ । 

सशस्त्र प्रहरीले समुदायसँगको सम्बन्ध विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको गुल्मपति कुँवरले बताए । लागू औषध दुर्व्यसन नियन्त्रणका लागि विद्यालयहरुमा सचेतनामूलक कक्षा सञ्चालन गर्ने गरिएको उनले बताए । 
 

प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update