Sagun Khabar
राप्रपा पुर्चौंडीको अध्यक्षमा बम चयन 

बैतडी–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पुर्चौंडी नगरकार्य समितिको अध्यक्षमा लालबहादुर बम चयन भएका छन् । 

आइतबार सम्पन्न भएको राप्रपाको नगर अधिवेशनले बमको अध्यक्षतामा २५ सदस्यीय नगरकार्य समिति चयन गरेको राप्रपा बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्टले बताए । 

उक्त समितिको उपाध्यक्षमा पार्वती धानुक, जयसिंह साउँद र गोमती खडायत, सचिवमा गंगादत्त जोशी, कोषाध्यक्षमा रणबहादुर बम लगायत अन्य सदस्यहरु चयन भएका छन् । 

नगर अधिवेशनमा जिल्ला अध्यक्ष भट्टका साथै राप्रपाका प्रतिनिधि सभाका लागि सिफारिश उम्मेदवार भुपेनबहादुर चन्द लगायतको उपस्थिती रहेको थियो । 

यस्तै शनिबार दोगडाकेदारमा भएको गाउँ अधिवेशनले पुष्करबहादुर बिष्टको अध्यक्षतामा २७ सदस्यीय गाउँकार्य समिति चयन गरेको छ । उक्त समितिको उपाध्यक्षमा बिमला भट्ट, बिमला महरा र ललितबहादुर चन्द, सचिवमा दिलिपसिंह ऐरी, कोषाध्यक्षमा भवानसिंह ठगुन्ना लगायत अन्य सदस्यहरु चयन भएका छन् । 
 

प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  ०७:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update