बैतडी –बैतडीको शिवनाथ गाउँपालिका–५ मा वडास्तरीय चौथो अन्तर आधारभूत विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड र नवौं वडास्तरीय खुल्ला भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
बैतडीको शिवनाथ गाउपालिका–५ स्थित शिवपूर्ण मावि लामखालीमा उक्त प्रतियोगिता सम्पन्न भएको शिवनाथ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष केशवबहादुर चन्दले बताए ।
दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा महिला भलिबलतर्फ उदय मावि कफाडी प्रथम, भुलैलेक सामुदायिक वन दोश्रो र उदयदेव धार्मिक सेवा समिति तेश्रो भएका छन् ।
यस्तै पुरुष भलिबलतर्फ भिमेश्वर स्पोर्टस क्लब कफाडी प्रथम, उदय मावि कफाडी दोश्रो र शिवपूर्ण मावि लामखाली तेश्रो भएका छन् ।
यस्तै अन्तर आधारभूत विद्यालयस्तरीय रनिङ शिल्ड प्रतियोगितामा कक्षा १ देखि ५ सम्मका विद्यालयहरुमा ६ स्वर्ण, एक रजत र ३ कास्यसहित १० पदक हात पारेर उदय आवि प्रथम भएको छ । यस्तै ५ स्वर्ण, ६ रजत, १ कास्यसहित शिवपूर्ण आवि दोश्रो र २ स्वर्ण, ३ रजत, ४ कास्यसहित कैलपाल आवि तेश्रो भएको छ ।
यस्तै आधारभूत तह कक्षा ६–८ तर्फ ८ स्वर्ण, ७ रजत, ४ कास्यसहित शिवपूर्ण आवि प्रथम,४ स्वर्ण, ५ रजत, ८ कास्यसहित उदय आवि दोश्रो भएको वडा अध्यक्ष केशवबहादुर चन्दले बताए ।




