बैतडी –रुसी सेनामा भर्ती भएर रुस–युक्रेन युद्धमा संलग्न बैतडीको मेलौली नगरपालिका –७ काँडाका अन्दाजी ३३ बर्षीय मनोजसिंह भाटको मृत्यु भएको पुष्टि भएको छ ।
करीब दुई बर्ष अगाडि रुसी सेनामा भर्ती भएका भाट पछिल्लो समयमा परिवारको सम्पर्कमा रहेका थिएनन् ।
डिएनए परीक्षणबाट भाटको मृत्यु भएको पुष्टि गरिएको बताइएको छ । तर उनको कहिले मृत्यु भएको हो भन्ने कुरा भने एकीन भएको छैन् । भाटको मुत्युका बिषयमा शुक्रबारमात्रै परिवारलाई जानकारी आएको मेलौली नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामचन्द्र भट्टले जानकारी दिए ।
मृतक भाटको घरमा आमा–बुवा, भाइ र श्रीमती रहेका छन् ।
भाटसँगै रुसी सेनामा भर्ना भएका मेलौली नगरपालिका– ९ असुरका अर्जुनदत्त भट्टको पनि गएको वैशाखमा मृत्यु भएको पुष्टि भएको थियो । सोही समयदेखि घरपरिवारले भाटको बिषयमा खोजी गरिरहेका थिए ।




